
बुधवार , भाद्र १, २०७९
भैरहवा, १ भदौ ।
रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर बालगृहलाई चामल, दाल, सोयाबीन, आटा, नुन, चिनी लगायतका खाद्यान्न सामग्री वितरण गरेको हो । वर्षेनी १० हजार रुपैयाँ सहयोग गर्ने वाचाअनरुप सोही मूल्य बराबरको खाद्यान्न सामग्री सोमबार बालगृहलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष रेश्मीराज पंगेनीले बताए ।
क्लबका संस्थापक अध्यक्ष निखिल ध्वज खत्रीको अध्यक्षता, रोटरी क्लब अफ बुटवल चौतारीका संस्थापक अध्यक्ष विष्णु घिमिरेको प्रमुख आतिथ्यता, रोटरी क्लब अफ बुटवल चौतारीका निवर्तमान अध्यक्ष थानेश्वर पाण्डेको विशिष्ट आतिथ्यता, रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीका सल्लाहाकार तथा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का रोटरी लिटरेसी चेयर जय सिंह थापा, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ जोन १८ का जेडआरआर बिरु कुमार गुप्ता, रोटरी क्लब अफ बुटवल चौतारीका उपाध्यक्ष लक्ष्मण सुवेदी, सचिव सुदिप थापा, सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीका संस्थापक सचिव निर्भिक ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा केक काटेर क्लबको पहिलो स्थापना दिवस मनाइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij