
सोमवार , मंसिर १५, २०७७
बुटवल, १५ मंसिर ।
वीरगंजबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनी डाइनामिक टेकनोसफटले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा शाखा विस्तार गरेको छ । एक दशक भन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि सेवाहरुको साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिदै आएको कम्पनीले प्रदेश नम्बर २ र बागमती प्रदेशपछि लुम्बिनी प्रदेशमा पनि आफनो शाखा विस्तार गरेको हो ।
बुटवलमा विस्तार गरिएको शाखाको कम्प्युटर एशोसियन नेपाल (क्यान) महासंघका राष्ट्रिय अध्यक्ष नवराज कुंवरले उद्घाटन गर्दै कम्पनीको शाखा बुटवलमा विस्तार भएसगै आइटीको क्षेत्रमा नयाँ आयाम थपिएको बताए । विज्ञान र प्रविधिको युगमा डाइनामिक टेकनोसफट प्रा.लि.ले नेपाललाई पनि प्रविधिमैत्री बनाउनमा सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे । आईटी क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्नुका साथै सयौ युवाहरुलाई रोजगारी दिने अवसरको सृजना गरेको बताए ।
कार्यक्रममा डाइनामिक टेकनोसफट प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक साहले नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्रायका साथ निरन्तर काम गरिरहेको बताए । आगामी दिनमा अन्य प्रदेश तथा जिल्लाहरुमा पनि कम्पनीको शाखा विस्तार गरिने उनले बताए ।
कार्यक्रममा न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्याय, अक्सफोर्ड मा.वि.का प्राचार्य दिनेश भुषाल, सह–प्राचार्य सुमन भुषाल, पामिर एकाडेमीका प्राचार्य माधव अर्याल, क्यानका केन्द्रिय सदस्य नारायण श्रेष्ठ, क्यानका रुपन्देही अध्यक्ष रामुदेव गौतम लगायतले शुभकामना दिएका थिए । कम्पनीमार्फत एक दशक भन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा सेवाहरूको साथै सफटवेयर विकास र वेब सर्भिसेसहरु हामीले दिदै आएको छ ।
विश्वव्यापी रुपमा आईटी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्दै नेपाललाई पनि आइटी मैत्री बनाउने र नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्राय कम्पनिको रहको जानकारी कम्पनिका बिजिनेस डेभलपमेन्ट म्यानेजर बिरु क्षेत्रीले बताए । डाइनामिक टेकनोसफट प्रा.लि.मार्फत हाल ईआरपीरकस्टमाईजड सफटवेयर निर्माण, मोबाइल एप्लिकेसन निर्माण, वेबसाइट निर्माण, बल्क एसएमएस समाधान, डोमेन रजिष्ट्रेसन, वेब होस्टिंग र अनलाइन हाजिरी सुविधा लगायतका सेवाहरु उपलब्ध छन् ।
देशका ७ वटै प्रदेशहरुमा आफना डीलरहरु र सय भन्दा पनि बढी डिलरहरुको नेटवर्कसंग मिलेर डाइनामिक टेकनोसफटको सेवा नेपाल सरकारका विभिन्न निकाय, दुगड ग्रुप, डावर नेपाल, गोदावरी ग्रुप, हुलास स्टिल, एशियन थाई फुड्स, देशका प्रतिष्ठित अस्पताल, होटल लगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेको डाइनामिक टेकनोसफटका चिफ अपरेटिंग अफिसर अर्जुन साहले जानकारी गराए । कोभिड–१९ को महामारीको समयमा बैकल्पीक शिक्षाको माग बढेसंगै देशभरका विभिन्न स्थानीय तहहरुले समेत विद्यालय व्यवस्थापन तथा अनलाइन कक्षा सञ्चालनका लागी डाइनामिकको अनलाइन लर्निङ टुल्सहरुको प्रयोग गर्न थालेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij