२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अनेरास्ववियु सिद्धार्थनगरद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

मंगलवार , श्रावण ३१, २०७९

भैरहवा, ३१ साउन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले २०७८ सालको एसईई परीक्षामा ३.२० वा सो भन्दा माथि जीपीए ल्याएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । सिद्धार्थनगरभित्र रहेका विद्यालयका १६१ जना विद्यार्थीहरुलाई मंगलबार सम्मान–पत्रद्वारा सम्मान गरिएको कार्यक्रम संयोजक तथा अनेरास्ववियु सिद्धार्थनगरका उपाध्यक्ष विवेक भण्डारीले बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोख्रेलले नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले विद्यार्थीहरुको हकहितको पक्षमा निरन्तर काम गर्दै आएको बताए । उनले अनेरास्ववियुले विगतदेखि नै उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्दै आएको बताए ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले अनेरास्ववियुले विद्यार्थीहरुको हकहितका लागि काम गर्दै आएको बताइन् । उनले विद्यार्थीहरुको साथमा अनेरास्ववियु रहेको बताइन् ।

अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेन्चुरीले विद्यार्थीले सर्टिफिकेटमा घमण्ड भन्दा जिम्मेवारी बढेको अनुभुति गर्नुपर्ने बताए ।

अनेरास्ववियु केन्द्रीय सदस्य तथा तथा एमाले सिद्धार्थनगरका विद्यार्थी इञ्चार्ज सरोज ठकुरी, रुपन्देही जिल्ला अध्यक्ष शेषकान्त पोखरेल लगायतले बोल्दै संगठनले विद्यार्थीको पक्षमा काम गर्दै आएको बताए ।

अनेरास्ववियु सिद्धार्थनगर कमिटीका अध्यक्ष सुनिल खनालको अध्यक्षता, कार्यक्रम संयोजक विवेक भण्डारीको स्वागत तथा रुपन्देही जिल्ला सदस्य मनिषा कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।