२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अग्रज पत्रकार पोखरेलको निधन 

मंगलवार , श्रावण ३१, २०७९

बुटवल । अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । पोखरेलको गएराति आफ्नै निवासमा निधन भएको हो । 

बुटवल टुडेका सम्पादन सल्लाहाकार समेत रहनु भएका पोखरेलको ६८ बर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जनाएका छन् । केहि समयदेखि घरबाटै काम गर्दै आउनु भएका पोखरेलका श्रीमती, दुई छोरा एक छोरी छन् । 

पोखरेलले बुटवल टुडेमा स्थापना काल देखि सम्पादकको रुपमा काम गर्दै आएका थिए । 

पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठुलो क्षेती पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले जानकारी दिए । निकै सरल र मिजासिला स्वाभावका धनी पोखरेलले पत्रकारिताबाटै आफ्नो जिविको चलाउदै आएका थिए, अध्यक्ष पोखरेलले भने उहाको निधने पत्रकारिता जगतलाई ठुलो क्षेती पु¥याएको छ । 

पत्रकारिताको धरोहरका रुपमा रहेका पोखरेल, लेखक तथा साहित्यकार समेत हुन् । स्वतन्त्र पत्रकारिताको आन्दोलनमा उनको भुमिका अहम रहेको थियो ।