२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

बेलहिया बाईपास नजिक गोली प्रहार घटना : पाँचजना प्रहरी नियन्त्रणमा

सोमवार , श्रावण ३०, २०७९

  • 17.8K
    Shares
  • 17.8K
    Shares
  • भैरहवा, ३० साउन ।
    सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका विकास गुरुङमाथि भएको गोली प्रहार घटनाको अनुसन्धानमा रहेको प्रहरीले सोधपुछका लागि पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी तथा प्रहरी निरीक्षक बेदबहादुर पौडेलले घटनाबारे सोधपुछका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको बताए ।

    आइतबार राति करिब ११ बजे उनीमाथि ओमसतिया गाउँपालिका–४ स्थित बेलहिया बाइपास सडकमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । घाइते गुरुङको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।