
सोमवार , मंसिर १५, २०७७
बुटवल, १५ मंसिर ।
सामाजिक क्षेत्रमा क्रियाशिल सामाजिक संस्था लायन्स क्लब अफ बुटवलको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ को कारण बन्द रहेको विद्यालय खुलेसंगै कोभिडको जोखिम न्यूनीकरणको लािग स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
विगत ८ महिनादेखि बन्द रहेको विद्यालय गत आइतबारदेखि खुल्ने भएपछि लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालको वार्षिक कार्ययोजना अनुरुप लायन्स क्लब अफ बुटवलले हंगर रिलीफ प्रोगाम अन्र्तगत रहेर स्वाथ्य सामग्री प्रदान गरेको हो ।
आइतबार ५ लिटर सेनिटाइजर ,१ हजार पिस माक्स, ५ लिटर लिक्यूट साबुन, २ प्याकेट हाते पञ्जा, १ सय २५ थान फेसलक हस्तान्तरण गरिएको लायन्स बुटवलका अध्यक्ष संजय जयसवालले जानकारी दिए ।
स्वास्थ्य सामाग्री विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मनोज शाही र विद्यालयका कार्यवाहक प्रधानाध्यापक शिव प्रसाद अर्याललाई लायन्स इन्टरनेशनल ३२५ बी २ रिजन चेयरपर्सन दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शाहीले लायन्स बुटवलले गरेको गरेको योगदान अत्यन्तै सराहनीय रहेको बताए । त्यस्तै लायन्स बुटवलका अध्यक्ष संजय जयसवालले लायन्स बुटवलले अन्तर्राष्ट्रिय लायन्स मुल नारालाई आत्म साथ गर्दै हामी सेवा गर्छौं भन्ने लायन्सको मर्म अनुसार आफूहरु निरन्तर सामाजिक हितको क्षेत्रमा लाग्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij