
सोमवार , श्रावण ३०, २०७९
भैरहवा, ३० साउन ।
लियो क्लब अफ होलिसिटी भैरहवाले आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बेलहिया–बुटवल सडकखण्ड अन्तर्गत भैरहवास्थित महेन्द्र सभा गृह अगाडि वृक्षारोपण गरिएको क्लबका वर्ष २०२२/२३ का अध्यक्ष ओजश शर्माले बताए । उनले सिद्धार्थनगरलाई हराभरा बनाउने अभियानमा केही भए पनि सहयोग पुग्ने र वातावरण संरक्षणमा पनि टेवा पुग्ने भएकाले वृक्षारोपण गरिएको बताए । विभिन्न प्रजातिका १०५ वटा विरुवा रोपिएको कार्यक्रम संयोजक नौसाद पठानले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लियो क्लब अफ होलिसिटी भैरहवाका संस्थापक अध्यक्ष सम्राट थापाले स्थापनाकालदेखि नै क्लबले रचनात्मक कार्य गर्दै आएको बताए । क्लबका प्रमुख सल्लाहकार दिपेन्द्रमान श्रेष्ठ, निवर्तमान अध्यक्ष आकाश पौडेल, द्वितीय उपाध्यक्ष दिव्या क्षेत्री लगायतले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij