२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

राप्रपा सिद्धार्थनगरद्वारा २२ बुँदे मागको औचित्यसम्बन्धी विचार गोष्ठी

आइतवार , श्रावण २९, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर समितिले राजसंस्था, हिन्दू राष्ट पुर्नस्थापना, संघीयताको खारेजी लगायत २२ बुँदे मागको औचित्यसम्बन्धी विचार गोष्ठी कार्यक्रम शनिबार भैरहवामा सम्पन्न गरेको छ ।

    राप्रपाले भ्रष्टाचारको अन्त्य, मंहगी नियन्त्रण, किसानलाई समयमा मल, बिउ उपलब्ध गराउनुपर्ने लगायत जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई गत असार १ गते ज्ञापनपत्र बुझाएको थियो । सोही मागको औचित्यसम्बन्धी स्थानीय बुद्धिजीजी, नागरिक समाज, उद्योगी व्यवसायी लगायत समाजका विभिन्न पक्षसँग अन्तरक्रिया गरिएको राप्रपा सिद्धार्थनगरले जनाएको छ ।

    कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले राप्रपाको २२ बुँदे माग सम्बोधनतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले राप्रपाको एजेण्डा जनताले मन पराएकाले आगामी निर्वाचनबाट यो पार्टी वैकल्पिक शक्तिको रुपमा उदाउने दावी गरिन् ।

    राप्रपा सिद्धार्थनगरका अध्यक्ष चन्द्रभक्त श्रेष्ठको अध्यक्षता, केन्द्रीय सदस्य स्वाती थापाको प्रमुख आतिथ्यता, केन्द्रीय शुसासन विभागका सदस्य सि.ए. शिवहरि शर्माको विशिष्ट आतिथ्यता तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।