
आइतवार , श्रावण २९, २०७९
भैरहवा, २९ साउन ।
जनैपूर्णिमा (रक्षाबन्धन) को अवसर पारेर लियो क्लब अफ होलिसिटी भैरहवाले सुरक्षाकर्मीहरुलाई राखी (रक्षाबन्धन) बाँधेको छ । क्लबमा आबद्ध महिला सदस्यहरुद्वारा भैरहवामा खटिएका खटिएका ट्राफिक, जनपद तथा सशस्त्र प्रहरीहरुलाई शुक्रबार मिठाई खुवाउँदै हातमा राखी बाँधिएकोे वर्ष २०२२/२३ का अध्यक्ष ओजश शर्माले बताए । क्लबमा आबद्ध महिला सदस्यहरुले नागरिकको सुरक्षामा खटिएका प्रहरीको हातमा राखी बाँध्नुभएको शर्माले जानकारी दिए । यसबाट राम्रो सन्देश जान्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।
६२ जना प्रहरीलाई राखी बांधिएको कार्यक्रम संयोजक भुवन बहादुर खत्रीले बताए । ‘महान पर्व जनैपूर्णिमा (रक्षाबन्धन) मा भैरहवाको विभिन्न स्थानमा खटिनुभएका प्रहरी दाजुहहरुको मनोबल बढाउँदै उहाँहरूसँग रक्षाबन्धन मनाउन पाउँदा हामी धेरै नै हर्षित भएका छौं, ’उनले भने । क्लबले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको तृतीय उपाध्यक्ष दिव्या क्षेत्रीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij