
आइतवार , श्रावण २९, २०७९
रुपन्देही, २९ साउन ।
गुल्मी धुर्काेट मसुरेखर्क सम्पर्क समाज, रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा गुल्मी धुर्काेट मसुरेखर्कबाट रुपन्देही आइ बसोबास गरेका सबै गोलबन्द हुने तरिकाले भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।
समाजका जेष्ठ नागरिक बालकुमारी खनालको प्रमुख आतिथ्यता नरमदा खनाल र सावित्रा खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका, सह–संयोजक बसुन्धरा भुसाल र सल्लाहकार बुद्धि पराजुलीले बोल्दै धुर्काेटबाट मसुरेखर्कबाट आइ बुटबलमा बसोबास गर्ने सबै एकआपसमा परिचित हुने एक अर्काेलाई समस्या पर्दा सबैले सहयोग गर्ने उद्देश्यले गरिएको कार्यक्रम भएकोले सबैले आ–आफनो ठाउबाट सहयोग र सहकार्य गर्नुपर्ने बताए।
समाजका अध्यक्ष शिवलाल पराजुलीको अध्यक्षता तथा संञ्चालन रामु घर्तीको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्ष चिन्तामणि घर्ती, सदस्य दधिराम खनाल लगायतले कार्यक्रममा चिरञ्जीवि खनाल, चन्द्रकान्त खनाल, बुद्धिराम खनाल, नर बहादुर घर्ती, रुद्धबहादुर घर्ती, बिष्णु प्रसाद खनाल, उमलाल गिरी, नारायण पराजुली लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा तीज गित तथा दरखाने कार्यक्रम गरिएको समितिका सदस्य नरिश्वर खनालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij