
शनिवार , श्रावण २८, २०७९
भैरहवा, २८ साउन ।
सनलाइट इङलिस बोर्डिङ हाई स्कूल ओमसतिया–१ रुपन्देहीमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा शैक्षिक सत्र २०७६ र २०७७ मा वितरण गर्न बाँकी रहेको शैक्षिक विधाको पुरस्कार वितरण गरिएको विद्यालयका प्राचार्य चन्द्रप्रकाश न्यौपानेले बताए । कार्यक्रममा शैक्षिक सत्र २०७६ र २०७७ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको न्यौपानेले जानकारी दिए । त्यस्तै कार्यक्रममा शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिक परीक्षाको पुरस्कार समेत वितरण गरिएको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप बस्यालको अध्यक्षता, ओमसतिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यता, विद्यालयका पूर्वअध्यक्ष प्रकाश शर्मा अर्यालको स्वागत तथा शिक्षिका दिव्या देवकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्राचार्य चन्द्रप्रकाश न्यौपाने, सह–प्राचार्य चुरामणी भुसाल लगायतले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij