२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष गुप्ताले दिए पदबाट राजीनामा

बिहिवार , श्रावण २६, २०७९

  • 11.3K
    Shares
  • 11.3K
    Shares
  • भैरहवा, २६ साउन ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । कार्यव्यस्तता तथा व्यक्तिगत कार्यले गर्दा आजैको मितिदेखि राप्रपा रुपन्देहीको जिल्ला उपाध्यक्ष पदबाट आफूले राजीनामा दिएको गुप्ताले जानकारी दिए । उनले बिहीबार राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
    ‘विगत ५६ महिनादेखि निरन्तर जिल्ला उपाध्यक्ष पदमा रही इमान्दारीपूर्वक कार्यसञ्चालन गरेको सर्वविदितै छ, यस दौरान धेरैपटक कार्यवाहक जिल्ला अध्यक्ष समेत रही पार्टीको नेतृत्व गर्दै संगठनलाई चुस्तदुरुस्त बनाइ पार्टीलाई अघि बढाउन समेत मैले गरेको प्रयासहरु सर्वविदितै छ, ’उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    केही महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देही जिल्ला परिचालन समिति एवं उम्मेदवार छनौट समितिको संयोजक रही सफलतापूर्वक कार्य गरिसकेको र पार्टी एवं जिल्ला अध्यक्षले खटाएको तथा जिम्मेवारी दिएको प्रत्येक कार्यहरुलाई आफ्नो सक्दो प्रयास, विवेक एवं क्षमताले भ्याएसम्म सम्पन्न गर्ने प्रयास गरेको गुप्ताले बताए ।

    ‘विगतको वर्षहरुदेखि जिल्लाको उपल्लो कमान सम्हालिरहेकोमा मलाई दिइएको विभिन्न जिम्मेवारीमा आफ्नो रायसुझावसहित सफल तुल्याउन सहयोग गर्नुहुने अग्रज नेता दीपक बोहरा, निरञ्जन थापा, ताहिर अली, सागर प्रताप राणा, बलराम शर्मा लगायत सम्पूर्ण जिल्ला, क्षेत्र, नगरका नेता कार्यकर्ता एवं मेरा शुभेच्छुकहरुलाई हार्दिक आभार प्रकट गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले परिकल्पना गरेको हिन्दू राष्ट्र र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई मेरो व्यक्तिगत साथ रहने वाचा गर्दै र नेतृत्व गर्न चाहने युवाहरुलाई मार्गप्रशस्त गर्दै आजैका मितिबाट पार्टीको जिल्ला उपाध्यक्ष पदबाट राजनीमा दिएको जानकारी गराउँछु, ‘उनले भनेका छन् ।