२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

आगामी निर्वाचनका लागि लोसपाले गर्‍याे दल दर्ता

बिहिवार , श्रावण २६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २६ साउन ।
    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो ।

    लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ ।  ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन)देखि आउँदो मंगलबार (३१ साउन)सम्म दल दर्ताको समय तोकेको छ ।