२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

ओमसतिया गाउँपालिकामा सोमबार सार्वजनिक विदा

आइतवार , मंसिर १४, २०७७

  • 8.9K
    Shares
  • 8.9K
    Shares
  • भैरहवा, १४ मंसिर । 
    रुपन्देहीको ओमसतिया गाउँपालिकाले मंसिर १५ गते (सोमबार) सार्वजनिक विदा दिएको छ । पूर्णिमाको दिन ओमसतिया–५ स्थित ओमसतियामाई मन्दिरमा लाग्ने सिलौटिया मेला यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक मेलाको रुपमा विशेष किसिमले मनाइने भएकोले विदा दिइएको गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले बताए ।

    गाउँपालिकाको निर्णय अनुसार सोमबार गाउँपालिकाभित्र सम्पूर्ण स्वास्थ्य संस्था, विद्यालय, वडा कार्यालय, गाउँपालिका कार्यालय लगायत सम्पूर्ण सरकारी कार्यालयहरुलाई सार्वजनिक विदा दिइएको उपाध्यक्ष सुन्दरमति कुमारी हरिजनले बताइन् ।128310241_494112714897578_7916161839331656633_o.jpg