बुधवार , श्रावण २५, २०७९
रुपन्देही, २५ साउन ।
बचत तथा ऋण सहकारीसम्बन्धी स्थिरीकरण कोषको सञ्चालन समिति सदस्यमा ज्ञानु पौड्याल र प्रकाश बन्जारा मनोनित भएका छन् । कोष सञ्चालक समितिको बैठकले जनउत्थान बचत तथा ऋण सहकारी संस्था रुपन्देहीकी अध्यक्ष ज्ञानु पौड्याल र सामुदायिक बचत तथा ऋण सहकारी संस्था, काभ्रेका अध्यक्ष प्रकाश बन्जारालाई सञ्चालक समितिको सदस्यमा मनोनित गरेको हो ।
कोषले सञ्चालनको लागि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जेठ २७ गते अनुमति पाएको थियो । जिल्ला संघसहित २ सय ५६ प्रारम्भिक संस्था आबद्ध भइसकेको स्थिरीकरण कोषमा ११ करोड रकम संकलन भइसकेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij