२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

लमजुङमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिए

बुधवार , श्रावण २५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • लमजुङ, २५ साउन ।

    लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष र एक हजार पाँच सय ५१ महिला मतदाता छन् । गत १ असारदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाताले नाम लेखाएका हुन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी दुई स्थानमा नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् । 

    लमजुङमा जिल्लाबाहिरका ५६ जना मतदाताले पनि नाम दर्ता गराएका छन् । यससँगै जिल्लामा कुल मतदाताको संख्या एक लाख ३४ हजार आठ सय २१ पुगेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता थिए । न्युज कारखाना