२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

मतदाता नामावलीमा दावी विरोधका लागि निर्वाचन आयोगले दियो समय

बुधवार , श्रावण २५, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २४ साउन ।

    मंसिर ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रमका लागि निर्वाचन आयोगले  मतदाता नामावली अद्यावधिक तथा दावी विरोधको प्रकृया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मतदाता नामावलीका विषयमा भदौ १२ देखि १९ गतेसम्मका लागि दावी विरोधको समय दिइएको जनाएको छ । उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने लगायका विषयहरु कार्यक्रममा समावेश गरिएको जनाएको छ । 

    तोकेको समयमा नामावली अद्यावधिक (दावी विरोध)  कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । न्युज कारखाना