२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकम लुम्बिनी प्रदेश अध्यक्षमा खड्का

बुधवार , श्रावण २५, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २५ साउन ।
    नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकम लुम्बिनी प्रदेशको अधिवेशन मंगलबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले हरि बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको सह–अध्यक्षमा गणेश बहादुर ओली, उपाध्यक्षमा फत्तसिंह थापा, नरेन्द्र भण्डारी, सचिवमा गोविन्द प्रसाद भुर्तेल, सह–सचिवमा विशाल कुमार देवकोटा र कोषाध्यक्षमा ऋचा रामदाम रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा चन्द्र प्रसाद पाठक, पूर्ण बहादुर थापा, सुकुल प्रसाद चौधरी, विजय खनाल, धर्मेन्द्र वि.क., नारायण प्रसाद अर्जेल, नरेश विष्ट, दीपक गिरी र दल बहादुर दमाई रहेका छन् ।

    नेपाल टेलिकममा क्रियाशिल युनियनहरुमध्ये २०६३ सालमा स्थापना भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमले मंगलबार लुम्बिनी प्रदेश कमिटी गठन गरेको अध्यक्ष हरि बहादुर खड्काले बताए । उनले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय लुम्बिनी प्रदेश भैरहवा अन्तर्गत भैरहवा, बुटवल, तुलसीपुर, नेपालगंज, रोल्पा, बर्दिया, घोराही कार्यालयमा इकाई तथा सम्पर्क समितिहरु बनाइसकेपछि लुम्बिनी प्रादेशिक समिति गठन गरिएको बताए ।

    कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमका केन्द्रीय अध्यक्ष दामोदर के.सी., केन्द्रीय उपमहासचिव कपिल पन्त, सचिव पुरुषोत्तम लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी महासंघ लुम्बिनी प्रदेशका इञ्चार्ज मिन प्रसाद ज्ञवाली, नेपाल टेलिकम प्रादेशिक कार्यालयका निमित्त निर्देशक नन्दराम क्षेत्री लगायतले बोल्दै संगठनले संस्थागत सुधार तथा कर्मचारी हकहितका स्थापनाकालदेखि नै सम्झौताहिन भूमिका निर्वाह गरिरहेको बताए । लुम्बिनी प्रदेशमा पनि यो संगठनले विगतमा रचनात्मक कार्यक्रम गर्नुका साथै व्यवस्थापनलाई कम्पनी सुधारको लागि रचनात्मक सुझावहरु दिदै आएको उनीहरुको भनाइ थियो ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकम लुम्बिनी प्रदेशका अध्यक्ष हरि बहादुर खड्काको अध्यक्षता, नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमका केन्द्रीय अध्यक्ष दामोदर के.सी.को प्रमुख आतिथ्यता, नेपाल टेलिकम प्रादेशिक कार्यालयका निमित्त निर्देशक नन्दराम क्षेत्रीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । निर्वाचित कार्यसमितिलाई मंगलबार नै सपथग्रहण गराइएको थियो ।