२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर : प्रदीप ज्ञवाली 

मंगलवार , श्रावण २४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २४ साउन ।

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही वमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् ।

    दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी र पक्षधर दुवैथरी पार्टी रहेको भन्दै आलोचना गरेका थिए । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका थिए । सोही निर्णयप्रति व्यङ्ग्य गर्दै एमाले उप–महासचिव ज्ञवालीले उक्त आलोचन गरेका हुन् । न्युज कारखाना