२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

पाण्डेयको संयोजकत्वमा स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन

सोमवार , श्रावण २३, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, २३ साउन । 
    स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन भएको छ । साविकको कारिकोट चण्डी भञ्ज्याङ गाविसबाट बसाई सरी रुपन्देहीका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएकाहरुमा एकता र मेलमिलाप गर्ने उद्देश्यले सम्पर्क समाज गठन भएको हो ।  रुपन्देहीको शंकरनगरस्थित नेवा पुचको भवनमा उपस्थित भएको भेलाले शालिकराम पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ । 

    भेलाले सह–संयोजकमा योजन बहादुर पाण्डे (क्षेत्री), सचिवमा इन्द्र प्रसाद पाण्डे, कोषाध्यक्षमा यदुनाथ पाण्डेय र सह–सचिवमा अम्मर बहादुर गेलाङ्लाई चयन गरेको छ । त्यस्तै भेलाले फत्त बहादुर गाहा, जग बहादुर रेश्मी, चुम बहादुर लामिछाने, शेषकान्त कोइराला, हुमलाल सुवेदी, पिताम्वर शर्मा, यशपाल चौतारे, ध्रुव पाण्डेय, द्वारनाथ पाण्डेय, देव बहादुर दर्जी, टेक बहादुर झेंडी, केशवराज कोइराला, राधा पाण्डे खरेल, भवानी कुमारी थापा, कमल थापा दर्लामी र कुशानन्द न्यौपानेलाई सदस्यमा चयन गरेको संयोजक शालिकराम पाण्डेयले जानकारी दिए । 

    भेलाले बालकृष्ण पाण्डेय, शोष कान्त पाण्डेय, रुद्र प्रसाद श्रेष्ठ, नैन सिंह राना र भुपाल सिंह झेंडीलाई सल्लाहकार र दिनेश कुमार श्रेष्ठ (थैव) लाई प्रेस संयोजक चयन गरेको पाण्डेयले जानकारी दिए ।