images

बिहिवार, चैत्र १५ गते २०८०

‘एमाले नेतृत्वको सरकार इतिहासकै सफल’

‘एमाले नेतृत्वको सरकार इतिहासकै सफल’

images
images
images
सोमवार, श्रावण २३ २०७९
सोमवार, श्रावण २३ २०७९
  • ‘एमाले नेतृत्वको सरकार इतिहासकै सफल’

    भैरहवा, २३ साउन । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुले एमालेकै अग्रसरतामा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको बताएका छन् । आइतबार एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले भने, ‘यो व्यवस्थाको रक्षा, संरक्षण र प्रबद्र्धन गर्ने पनि हाम्रै दायित्व हो । यसैले सानातिना कुरामा नअलमिएर समग्र पार्टी निर्माणमा लाग्न सबै नेता कार्यकर्तालाई आग्रह गर्दछौं । ’

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमाले अध्यक्ष के.पी शर्मा ओलीको नेतृत्वमा अघिल्लोपटक सरकार नेतृत्व गर्दा मुलुकमा भुकम्प र नाकाबन्दीको सामना गर्नुपरेको र दोस्रोपटक कोभिडको सामना गर्नुपर्दा पनि धेरै जनपक्षीय काम गरेको तर्क गरे । उनले विभिन्न उदाहरण दिदैं त्यतिबेलाको आर्थिक विकासका सूचांक अनि यतिबेला देउवा सरकारको पालाका विकासका सूचांकको तुलना गर्दा एमाले सरकारको पाला धेरै सबल अर्थतन्त्र देखिएको समेत बताए । उनले भने, ‘हरेक नेता–कार्यकर्ता एमाले सरकारले गरेका आर्थिक विकासका कुरा लिएर जनता समक्ष जानुपर्ने पर्छ । हामीले हाम्रा कामको प्रचार मात्रै गरे पनि जनता अझै हाम्रो पक्षमा उभिनेछन् । ’

    पौडेलले एमाले नै जनताको पार्टी भएको बताउँदै एमालेमा गर्वका साथ काम गर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘एमाले भएकोमा हामी गर्व गर्न पाएका छौं । आज एमालेका कुनै पनि नेता कार्यकर्ताले एमाले सरकारले यस्तो गलत काम ग¥यो भनेर कतै शिर निहुराउनु परेको छैन ।’

    त्यस्तै महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको दावी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले धेरै राम्रा काम गरेको बताए । नेता पोखरेलले पार्टीविरुद्धको घेराबन्दी एमाले नेतृत्वले गरेको राम्रा कामको परिणाम भएको उनको बताए । उनले जनतामाझ एमाले लोकप्रिय भएकाले सतारुढ पाँच दलले गठबन्धन गरेको जिकिर गरे । नेता पोखरेलले संक्रमणकाललाई लम्ब्याउने काम भइरहेको र त्यसको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको आरोप पनि लगाए । ‘गठबन्धन सरकारले गरेका गलत कामको भण्डाफोर गर्नुपर्छ,’ उनले भने । उनले एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताकामाझ लैजानुपर्नेमा जोड दिए । अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने उनको भनाइ थियो ।

    अहिले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको उनले बताए । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ थियो । उनले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताए । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने । एमालेको मुख्य प्रतिष्पर्धा कांग्रेससँग नै रहेको उनले बताए । महासचिव पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको बताए ।  ‘प्रतिनिधिसभा विघटन गलत थिएन, जनतामा जानु गलत कुरा हो ? आफ्नो नेतृत्वमा बनेको सरकार कसले संकटमा पार्न खोज्छ ?, उनले प्रश्न गरे ।

    लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पालामा नमूना बनेको लुम्बिनी प्रदेशमा सरकार फेरिएसँगै बेथिति मौलाएको बताए । प्रदेश सरकारले फैलाएको बेथितिका कारण आम जनतामा प्रदेश संरचनामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले प्रदेशलाई ठीक ढंगले चलाउन नसक्दा व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी हुने अवस्था आउनु दुःखद रहेको बताए । नेता पोखरेलले चौतर्फी घेराबन्दीका बीचमा चुनावको सामना गरेर अगाडि आएको स्मरण गर्दै विपक्षीहरूको चाहना एमालेलाई एक्ल्याउने नै भएकाले सोहीअनुसारको रणनीति बनाउन आवश्यक रहेको बताए । उनले कतिपय जित्ने ठाउँ पनि एमालेले गुमाएको उल्लेख गर्दै त्यसमा रहेका आन्तरिक कारणको गम्भिर समीक्षा गर्नुपर्ने बताए । महासचिव पोखरेलले जनतासँग साक्षात्कार नगरिकन निर्वाचन जित्न नसकिने भन्दै कार्यकर्तालाई यसमा सुधार गर्न र जनतासँगको साक्षात्कार बढाउन आग्रह गरे ।

    पार्टीका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले रुपन्देही आफैमा महत्वपूर्ण जिल्ला भएको बताउँदै त्योसँगै देशलाई नै प्रभाव पार्न सक्ने गरी रुपन्देहीले विगतमा पनि काम गरेको बताए । उनले मोबाइलको सफ्टवेयरसँग पार्टीको संरचनाको तुलना गर्दै भने, ‘पार्टीको संरचना हार्डवेयर जस्तै हो विचार सफ्टवेयर जस्तै हो । यसैले जसरी मोबाइलमा बेलाबेला सफ्टवेयर अपडेट गर भन्दा एकपटक, दुईपटक, तीन पटक नगरे मोबाइल नै नचल्न सक्छ, त्यसै गरी प्रशिक्षित गरिने, गराउने काम गरिएन भने कुनै दिन नचल्ने मोबाइल जस्तै हुन सक्छ । यसैले प्रशिक्षण जरुरी छ ।’ उपमहासचिव ज्ञवालीले एमालेविरुद्ध पाँच दल एक हुनुको कारण बताउँदै भने,  ‘चित्रबहादुर जी संघीयता खारेज गर्नुपर्ने, उपेन्द्र जी १४ प्रदेशको माग राख्ने, संसदीय दल मानेको छैन भन्ने प्रचण्ड, संसद् भन्दा बाहिर नजाने शेरबहादुर देउवा, त्यसै गरी टाउकाको मूल्य तोक्ने र तोकिने सबै एकै ठाउँ हुनु नै स्वार्थको लागि हो । ’ उनले एमालेले गएको १५ वर्षमा गरेका राम्रा कामको कारण आज अपवित्र गठबन्धन गरिरहेको आरोप समेत लगाए । 

    पार्टीका सचिव छबिलाल विश्वकर्माले स्थानीय तहमा हेर्दा जे जस्तो भएता पनि एमालेप्रति जनताको भरोसा अझै कायमै रहेको बताए  । उनले हिजो, आज र भोलि जहिले पनि नेपाल र नेपालीको हितको लागि एमाले नै आवश्यक रहेको तर्क गरे । नेता विश्वकर्माले मुलुकमा एमाले नै जनताको भरपर्दो राजनैतिक दल भएको समेत दावी गरे ।  उनले संघीयता, गणतन्त्रको संबद्र्धन र संरक्षण गर्दै दीगो विकास र शान्तिको लागि पनि एमालेको विकल्प नरहेको बताउँदै नेता कार्यकर्ताहरु एकताबद्ध भएर पार्टीको काममा खटिन आग्रह समेत गरे ।

    एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज लिला गिरीले तीनै तहका निर्वाचनबाट एमालेले मुलुकको बागडोर सम्हाल्दा धेरै राम्रा काम भएको बताए । उनले भने ‘हामीले गरका कामको सही ढंगले जनता समक्ष पु¥याउने, स्थापित गराउने कामको कमी खड्किएको देखिएको छ । काम राम्रो गर्ने तर तालमेल र प्रचार प्रभावकारी नभएको हो कि भन्ने हो हामीले सोचिरहेका छौं, यसतर्फ विशेष ध्यान दिनु जरुरी छ । ’

    उनले भने, ‘हामीमा निर्वाचित भएका सबै काम जनप्रतिनिधिले गर्नुपर्छ भनेर हामीले गलत सोच्दा धेरै बिग्रिएको छ । जिम्मेवारी सबैको हो, सबै कमिटीबीच तालमेल गरेर काम गर्नुपर्छ ।, ‘हामीले आलोचना सुन्दैनौ । म आफै आफ्नो राजनीतिक जीवनमा धेरै साथीहरुको कुरा, आलोचना, सल्लाहसुझाव मनन् गरेको छु । जिम्मेवार नेताले आलोचना सुन्न सक्नुपर्छ । ’ सो अवसरमा एमाले नेता नेत्र पन्थीले पार्टीमा निरन्तरता र लगनशीलता जरुरी रहेको बताए ।

    एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.को अध्यक्षता, उपाध्यक्ष जगेश्वर देवी चौधरीको स्वागत तथा सचिव यज्ञ गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij