
आइतवार , मंसिर १४, २०७७
बुटवल, १४ मंसिर ।
बुटवलमा रहेको सिसिआई कम्प्युटर इन्ष्टिच्युटले विद्यार्थीलाई यस वर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसीपमा लैजाने भएको छ । इन्ष्टिच्युटले मापदण्ड पुगेका साविक लुम्बिनी अञ्चलका सबै विद्यार्थीलाई च्याम्पियनसीपमा सहभागी गराउने भएको हो ।
जिल्लास्तरीय प्रतियोगिता संचालन गर्नको लागि इन्स्टिच्युटले साविक लुम्बिनी अञ्चलभित्र रहेका सम्पूर्ण विद्यालय तथा कलेजसंग सहकार्य गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहनेहरुको लागि रजिस्ट्रेशन पुस १ गतेदेखि हुने सिसिआई कम्प्युटर इन्ष्टिच्युटले जनाएको छ ।
प्रतियोगितामा १३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही सहभागी हुन सक्ने सिसिआई कम्प्युटर इन्ष्टिच्युटका संस्थापक राजु थापाले बताए । अघिल्लो वर्ष १३ देखी १८ वर्ष उमेर समूहलाई प्रतिष्पर्धा गराइएको उनले जानकारी दिए । प्रतियोगिता जिल्लास्तरीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी तीन तहमा संचालन हुने गर्दछ । जिल्लास्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्लास्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि काठमाण्डौ जानेछन् । काठमाण्डौमा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना विजेताहरुबीच प्रतिष्पर्धा हुनेछ ।
काठमाण्डौबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जानेछन् । माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीपमा विद्यार्थीलाई सहभागी गराउनका लागि सिसिआई कम्प्युटर इन्ष्टिच्युट लुम्बिनी अञ्चलको अधिकारिक संस्था हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij