२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

व्यवसायीको गुनासो : ‘झोले चिकित्सक’ का कारण आयुर्वेद उपेक्षामा

आइतवार , श्रावण २२, २०७९

बुटवल, २२ साउन । 
नेपाल आयुर्वेद औषधी व्यवसायी संघको दोस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै नेपालमा आयुर्वेदिकबाट आर्थिक समृद्धि सम्भावना रहेको बताए । आयुर्वेदको जनशक्ति र दक्षता अभिवृद्धिका साथै जडिबुटीलाई स्वदेशमा नै प्रशोधनको गर्नुपर्ने उनको सुझाव छ । परम्परागत ढंगबाट मात्र नभई आधुनिक प्रविधिसँग यसलाई जाडेर लैजानुपर्ने उनले बताए । 

कार्यक्रममा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष दीपक कुमार धितालले व्यवसायीहरु एकत्रित हुँदै व्यवसायिक हकहितमा काम गर्ने लक्ष्य बोकेको बताए । आयुर्वेदिक पेशालाई मर्यादित बनाउन जरुरी रहेको भन्दै उनले स्थानीय पालिकाबाट स्थान उपलब्ध गराएको खण्डमा निःशुल्क स्वस्थ्य शिविर, रक्त प्रयोगशाला, सहुलियत दरमा औषधि उपलब्ध गराउनेसम्मको कार्य गर्ने तयारी आफूहरुको रहेको उनले बताए । विश्वकै सबैभन्दा पुरानो र ऋषिमुनीहरुबाट सुरु गरिएको उपचार विधि भएको उनले बताए । यो तत्कालिन बेला पनि ८ भागमा विशेषज्ञ रुपमा बाडिएको उनले दावी गरे । सर्वश्रेष्ठ उपचार विधिका रुपमा यो मानव उपचारको विधि भएको उनले दावी गरे । आयुर्वेदिक विज्ञ बिना सेवा र औषधी वितरण गरिदा यसको महत्व घटेको उनले दुःखेसो गरे । आयुर्वेदिक औषधिको विषयमा गरिएका सस्तो प्रचार भन्दा पनि यसको गुणस्तरमा उपभोक्ता, औषधि उत्पादक र सरकार गरी ३ पक्ष नै सजग हुनुपर्ने बताए । आयुर्वेद मन्त्रालय स्थापना गरेर नेपाली औषधि र उपचार विधिको विकास गर्न सकिने सम्भावना रहेको उनले दावी गरे । 

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका कन्सल्ट्यान्ट शालाक्य चिकित्सक (प्रवक्ता) एवं सूचना अधिकारी पुष्पराज पौडेलले कोभिड–१९ संक्रमण आयुर्वेद पद्दति एउटा अवसरका रुपमा देखिएको बताए । पछिल्लो समय ६० प्रतिशत नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दा यो ठूलो समस्याका रुपमा देखा पर्दै आएको उनले बताए । आयुर्वेदले उपचार मात्र नभइ स्वास्थ्य जीवनशैलीलाई जोड दिने उनले दावी गरे । वडास्तरमा नागरिकको पहँुचमा पुग्ने गरी आरोग्य उपचारलाई लग्दै गएको उनले बताए । आयुर्वेदको सही उपचार पद्दति आम नागरिकको पहुँचमा पुग्न नसकेको भन्दै यो क्षेत्रमा लागेकाहरु नैतिकता र मानवतामा रहनुपर्ने सुझाव दिए । 

प्राचिनकालदेखि आफ्नो र समुदाय, राष्ट्रप्रति समर्पित भएर परम्परा पद्दति आयुर्वेदिक पद्दति हो । वि.सं. २०५९ सालमा उद्घव पौडेलको अधयक्षतामा स्थापना भएको हो । स्थापनाको लामो समयमा पनि संस्थागत रुपमा गति लिन नसकेको बेला पछिल्लो ३ वर्षअघि पुनः यो संस्थालाई थप नयाँ रुपमा अघि बढाएको उनले बताए । कोभिड–१९ संक्रमणकै कारण थप कठिनाई भोगेको संस्था अब भने व्यवसायिक र सामाजिक कार्यमा अघि बढ्ने बताए ।

नेपाल औषधि उत्पादक संघ केन्द्रका अध्यक्ष चन्द्रकान्त खनालले औषधीमा भ्याट नलाग्ने बताए । यसलाई प्रोत्साहन गर्न उनले सुझाव दिए । यसको निगरानी र ल्याब टेष्ट नियमित हुने भएकाले पनि नेपाली औषधी गुणस्तरीय हुने उनले बताए । यो सबैभन्दा पुरानो र भरपर्दो उपचार विधि भएको उनको भनाइ थियो । संघका केन्द्रीय अध्यक्ष जगनाथ गिरी, संस्थाका संस्थापक अध्यक्ष उद्दव गौतम, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले आयुर्वेद सम्बन्धित नीतिगत रुपमा नै कमजोरीहरु रहेको भन्दै आयुर्वेदलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

करिब ३१ जनाबाट सुरु भएर संस्थामा अहिले ५५ जना आबद्ध रहेका छन । नेपालमा पाइने जडीबुटीहरुको अध्ययन, अनुसन्धान गरी उपयोगमा ल्याउने गरी सरकारले काम अघि बढाउनुपर्ने उनले सुझाव दिए । आयुर्वेदिक औषधि करिब ६० प्रतिशत नेपालमा उत्पादन हुँदै आएको छ ।