images

मंगलवार, बैशाख ११ गते २०८१

१५ औं नियमित रक्तदान

१५ औं नियमित रक्तदान

images
images
images
आइतवार, श्रावण २२ २०७९
आइतवार, श्रावण २२ २०७९
  • १५ औं नियमित रक्तदान

    बुटवल, २२ साउन । 
    कालिका मानव ज्ञान विद्यालय परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र रुपन्देही नागरिक समाजको संयुक्त आयोजनामा १५ औं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्दै रक्तदान अभियान सबैको साझा अभियान भएको बताए । डेंगुका बिरामीहरु बढ्दै जाँदा रुपन्देहीमा रगतको माग बढेको बेला रक्तदान कार्यक्रमलाई बढी भन्दा बढी सञ्चालन गर्नुपर्ने उनले बताए । 

    images

    नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले व्यक्तिगत ७४ पटक रक्तदान गर्दै युवाहरुलाई रक्तदानमा अग्रसर गराउने लक्ष्यका साथ कार्यक्रम चलाइरहेको बताए । 

    नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा अध्यक्ष गोविन्द भुसालले संस्थागत रुपमा रक्तदान अभियानलाई चलाउदै आएको बताए । कार्यक्रममा नागरिक समाजका सल्लाहकार टेकबहादुर थापा, कालिका माध्यमिक विद्यालयका अध्यक्ष होमबहादुर गलामीले रक्तदानको महत्व समुदायमा बुझाउन पनि चोकचोकमा रक्तदानका कार्यक्रम गर्न जरुरी रहेको बताए । 
    कार्यक्रममा १०२ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर गौतमले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij