
शनिवार , श्रावण २१, २०७९
भैरहवा, २१ साउन ।
रोटरी क्लब अफ मणिग्रामको छैठौं पदस्थापन तिलोत्तमाको मणिग्राममा सम्पन्न भएको छ । रोटरी वर्ष २०२२/२३ का लागि दुर्गाप्रसाद अर्यालको अध्यक्षतामा गठित बोर्डको पदस्थापन सम्पन्न भएको हो ।
रोटरी वर्ष २०२२/२३ का लागि क्बलको इलेक्ट प्रेसिडेण्टमा निर्मल बस्याल, प्रेसिडेन्ट नोमिनीमा राजेन्द्र आचार्य, भाईस–प्रेसिडेण्ट फस्र्टमा अरुण पाण्डे, भाईस–प्रेसिडेण्ट सेकेण्डमा यज्ञप्रसाद न्यौपाने, भाईस–प्रेसिडेण्ट थर्डमा सागर पाठक, सचिवमा मिनप्रसाद भण्डारी (सुरज) र कोषाध्यक्षमा लक्ष्मी थापा रहेका छन् । त्यसै गरी सह–सचिवमा नविन अर्याल, सह–कोषाध्यक्षमा अर्जुन पौडेल, सर्जेट एट आम्समा भीम आले र गोविन्द ज्ञवाली तथा राजकुमार सुवेदी, कुलमणि ज्ञवाली, कृष्ण प्रसाद भण्डारी, तुल्सी पौडेल र अच्युत पन्त क्बल चेयर रहेका छन् ।
पदस्थापन समारोहमा प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्र ध्वजुले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाका साथ सामाजिक सेवामा क्रियाशिल रोटरी क्लब संसारकै सबैभन्दा ठूलो सामाजिक संस्था भएको बताए । उनले रोटरी अभियानलाई शिक्षा, स्वास्थ्य, सरसफाईं लगायत सामाजिक सेवामा क्रियाशील बनाउन सबै अभियन्तालाई आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले रोटरी क्लबका क्रियाकलापले आफू अत्यन्तै सन्तुष्ट रहेको बताइन् । क्लबले सोही समारोहमा नगर उपप्रमुख चौधरीलाई मानार्थ सदस्य बनाएको थियो । डिष्ट्रिक गभर्नर इलेक्ट ध्वजुले चौधरीलाई मानार्थ सदस्यको पीन लगाइदिएका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अर्यालले एक वर्षभित्र गर्न सकिने क्रियाकलापका विषयमा जानकारी गराउँदै क्लबलाई गतिशिल बनाउने घोषणा गरे । निवर्तमान अध्यक्ष केशवप्रसाद न्यौपानेले गत वर्षमा क्लबले गरेका सामाजिक कार्यहरुको चर्चा गरेका थिए ।
कार्यक्रममा असिस्टेन्ट गभर्नर मोहनप्रसाद श्रेष्ठ, क्लबका सल्लाहकार लक्ष्मण ज्ञवाली, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष टंकनाथ अधिकारी, क्लबका चार्टर्ड प्रेसिडेन्ट राजुदेवी खनाल, पूर्व अध्यक्षहरु कुलमणि ज्ञवाली, अच्युत पन्त, रोट्रयाक्ट क्लब अफ मणिग्रामका अध्यक्ष आयुष पौडेल, मानव कल्याण मित्र मञ्च रुपन्देहीका संरक्षक पुरुषोत्तम भट्टराई, डिष्ट्रिक टे«निङ्ग कमिटीका को–चेयर विनोद कोइराला, प्रेसिडेन्ट इलेक्ट निर्मल बस्याल, भाईस प्रेसिडेण्ट अरुण पाण्डे, सचिव मिनप्रसाद भण्डारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
समारोहमा २०७८ सालको एसईईमा सफल क्लबका सदस्यका परिवारका सदस्यहरु सुयोग सुवेदी र सुनिता न्यौपानेलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष केशवप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा विशेष सहयोग पुर्याउने तीन पदाधिकारीसहित अन्य सदस्यहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij