
सामाजिक सेवा भावलाई अझ बढाऔं : पासकल
शनिवार , श्रावण २१, २०७९
बुटवल, २१ साउन ।
‘हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ स्थापना भएको लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी को डिष्ट्रिक पदाधिकारी पदस्थापन समारोह रुपन्देहीमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर महेश पासकलले लायन्स क्लबको इतिहास पुरानो र विश्वव्यापी पहुँच रहेको भन्दै अझै बढी सेवा भावलाई अगाडी बढाउनुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्न श्रीलंकाबाट आएका पासकलले नेपालमा लायन्स क्लवको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउँदै जसबाट अन्तर्राष्ट्रियस्तरमा समेत यसको चर्चा परिचर्चा हुने गरेको बताए ।
तिलोत्तमा मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा आयोजना भएको उक्त कार्यक्रममा पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, लायन्स नेताहरु बालकृष्ण बुर्लाकोटी, खगेन्द्र सिटौला, मल्टीपल चियर पर्सन केशव पाण्डे, डिष्ट्रिक गभर्नर नवराज न्यौपानेसहित लायन्सका प्रथम भाइस ड्रिष्टिक गभर्नर अर्जुनमान शैजु, द्वितीय भाईस डिष्ट्रिक गभर्नर पुरुशोत्तमभक्त प्रधानाङ्ग, तथा पूर्व डिष्ट्रिक गभर्नरहरु अरुण प्रताप राणा, सुनिल ओझा लगायतले सम्बोधन गरेका थिए ।
लायन्स एरिया नम्बर ३ र ४ को आयोजनामा भएको क्याविनेट मिटिङ्ग तथा पदस्थापना कार्यक्रममा करिब १ हजार २ सय जना भन्दा बढीको सहभागीता रहेको थियो । एरिया ४ का चिफ एमएल पाण्डेले डिष्ट्रिक घोषणा भएको ४५ दिनभित्र क्याबिनेट पदस्थापना तथा फष्ट क्याविनेट मिटिङ्ग गर्नुपर्ने अन्तर्राष्ट्रिय नियम अनुसार कार्यक्रम गरिएको जानकारी दिए ।
अर्का कार्यक्रम संयोजक एरिया ३ का चिफ माधव खनालले कार्यक्रममा नेपालका विभिन्न भाषा, संस्कृति, कौशल झल्किने साँस्कृतिक कार्यक्रमसहित विशेष प्रस्तुति गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय डाईरेक्टर महेश पास्कवालले नवनिर्वाचित डिष्ट्रिक गभर्नर नवराज न्यौपानेसहितका पदाधिकारीहरुलाई सपथग्रहण गराएका थिए ।
क्याबिनेट सेक्रेटरी सन्दीप कसौधनले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । पी अन्र्तगत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौसहित १ सय ८४ वटा क्लबमा ४ हजार ६ सय ७ जना सदस्य रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij