२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

रवि लामिछाने भोली रुपन्देही आउने

शुक्रवार , श्रावण २०, २०७९

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल, २० साउन ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार (भोली) रुपन्देही आउँदैछन् । उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा नगरपालिका–३, शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन् । पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछानेसहितको पार्टी नेतृत्व पश्चिम नेपालको कार्यक्रम सकेर बुटवल आउन लागेका हुन् । 

    भोली आयोजना गरिने कार्यक्रमको लागी पर्चा, पम्पलेट, व्यानर तथा अन्य प्रचारप्रसारको सबै काम सकिएको नेतृ ज्वाला संग्रौलाले जानकारी दिइन् । भोली कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पश्चिमका सुदुरपश्चिम, कर्णाली प्रदेश लगायत विभिन्न जिल्लामा उत्साहजनक सहभागीतासहित पार्टीको कार्यक्रम सकिएपछि उनी लुम्बिनी प्रदेशमा आउन लागेका हुन् ।