२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

मतदाता नामावली संकलन आजबाट स्थगित

शुक्रवार , श्रावण २०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २० साउन । 

    आजदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो । 

    मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित हुने आयोगले जनाएको छ । 

    साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ (भोलि)समम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । न्युज कारखाना