२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

रोट्रयाक्ट लुम्बिनी वाणिज्य क्याम्पसको अध्यक्षमा दीपक अधिकारी

बिहिवार , श्रावण १९, २०७९

बुटवल, १९ साउन ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसको ११ औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटवलस्थित ईट्टाभट्टीमा एक कार्यक्रमको आयोजना गरी पदस्थापना गरिएको थियो । क्लबका वर्ष २०२१–२०२२ का अध्यक्ष बरुण ज्ञवालीले वर्ष २०२२–२०२३ को लागि दीपक अधिकारीलाई नेतृत्व हस्तान्तरण गरेका छन् ।  

कार्यक्रममा रोटरी डिष्ट्रिक्ट गभर्नर ईलेक्ट रोटेरियन राजेन्द्र ध्वजु, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डी.आर.आर लक्ष्मण खरेल, रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पिया, रोटरी डिष्ट्रिक्ट डि.आर.एफ.सी. राजेन्द्र लम्साल, संस्थापक अध्यक्ष धुव्र कोइराला, क्लबका पूर्वअध्यक्षहरु, रोट्रयाक्ट डिष्ट्रिक्टका पदाधिकारीहरुहरुको अतिथ्यतामा कार्यक्रम भएको हो ।

297022091_801759607861603_5172614790763342725_n.jpg
रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पस वर्ष २०२२–२०२३ का अध्यक्ष दीपक अधिकारी

डिस्ट्रिक्टमा छुट्टै नाम कमाउन सफल यस क्लबले विभिन्न कार्यक्रमहरु गरी व्यक्तित्व विकास र समाज रुपान्तरणमा योगदान दिएको संस्थाको भनाइ छ । क्लबले विभिन्न रचनात्मक कामहरु गर्दै आएको भन्दै सम्पूर्णले शुभकामना र वर्ष २०२२–२०२३ का अध्यक्ष दीपक अधिकारीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । 

अमृत पौडेलको स्वागत मन्तव्य तथा रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पस वर्ष २०२१–२०२२ का सचिव ऋषि पाण्डे र वर्ष २०२२–२०२३ का सचिव गौरव गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।