२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री 

बिहिवार , श्रावण १९, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । 

    आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । 

    यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिध सभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो । 

    संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो । 

    त्यसपछि आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न लागिएको हो । प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने छन् । न्युज कारखाना