२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

खबरपात्रो मिडिया प्रा.लि.को दोस्रो वार्षिक साधारणसभा सम्पन्न

बिहिवार , श्रावण १९, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १९ साउन ।
    खबरपात्रो मिडिया प्रा.लि.को दोस्रो वार्षिक साधारणसभा बुधबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै मिडिया प्रा.लि.का अध्यक्ष धर्म बहादुर के.सी.ले स्थापनाको छाटो समयमै मिडियाले राम्रो स्थान पाएको बताए । उनले आगामी दिनमा पनि खबरपात्रो मिडिया प्रा.लि.बाट सञ्चालित खबरपात्रो डटकमले सम्पूर्ण क्षेत्रलाई समेटेर अगाडि बढ्ने बताए ।

    मिडिया प्रा.लि.का प्रबन्ध सञ्चालक देवराज न्यौपानेले कोरोना महामारीको विषम परिस्थितिमा स्थापना भएको मिडियाले सकारात्मक सन्देश दिन सफल भएको बताए । 

    मिडिया प्रा.लि.का कार्यकारी अधिकृत तथा खबरपात्रो डट कमका प्रधान सम्पादक दीपक घिमिरेले सबैको सहयोग र साथले मिडिया यहाँसम्म आइपुगेको बताए ।

    खबरपात्रो मिडिया प्रा.लि.का अध्यक्ष धर्म बहादुर के.सी.को अध्यक्षता, प्रबन्ध सञ्चालक देवराज न्यौपानेको स्वागत तथा कार्यकारी अधिकृत दीपक घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक, शेयर सदस्य लगायतले बोलेका थिए । कार्यक्रममा मिडिया प्रा.लि.का अधिकृत घिमिरेले आय व्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।