
बिहिवार , श्रावण १९, २०७९
बुटवल, १९ साउन ।
‘हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ स्थापना भएको लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याबिनेट पदस्थापन कार्यक्रम रुपन्देहीमा हुने भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) को पहिलो पदस्थापना कार्यक्रम रुपन्देहीमा हुन लागेको हो ।
यही साउन २० गते शुक्रबार मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसार्टमा आयोजना हुने उक्त कार्यक्रमलाई भव्य रुपमा प्रस्तुत गर्नको लागि तयारी समेत तीव्र पारिएको छ ।
लायन्स एरिया नम्बर ३ र नम्बर ४ को आयोजनामा बुटवलमा भएको पत्रकार सम्मेलनमा एरिया चिफ एमएल पाण्डेले डिष्ट्रिक घोषणा भएको ४५ दिन भित्र क्याबिनेट पदस्थापना तथा फष्ट क्याविनेट मिटिङ्ग गर्नुपर्ने लायन्स अन्तर्राष्ट्रिय नियमअनुसार कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
कार्यक्रम भव्य बनाउनको लागि एरिया ३ का एरिया ३ का चिफ माधव खनाल तथा एरिया ४ का एमएल पाण्डेद्वयलाई कार्यक्रम संयोजकको जिम्मेवारी तोकिएको छ । उनकाअनुसार कार्यक्रममा सहभागीताका लागि श्रीलंकाबाट अन्तर्राष्ट्रिय डाइरेक्टर महेश पास्कवाल आउने जनाइएको छ ।
त्यस्तै कार्यक्रममा सहभागीताको लागि पाष्ट ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतान, लायन्स नेताहरु बालकृष्ण बुर्लाकोटी, खगेन्द्र सिटौला, मल्टीपल चियर पर्सन केशव पाण्डे समेतको उपस्थिति रहनेछ । डिष्ट्रिक गर्भनर नवराज न्यौपानेसहितका लायन्सका प्रथम भाईस ड्रिष्टिक गर्भनर अर्जुनमान शैजु, द्वितीय भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग तथा पूर्व गभर्नरहरु अरुण प्रताप राणा, सुनिल ओझा, अनुप पाहरी, महेन्द्र नारायण श्रेष्ठ समेतको सहभागीता हुनेछ ।
यस्तै क्याबीनेट सेक्रेटरी सन्दीप कसौधन तथा क्याबीनेट ट्रेजर विनोद खरेलले कार्यक्रमको तयारी भव्य भएको बताए ।
लायन्स एरिया ४ का एरिया चिफ माधव खनालका अनुसार कार्यक्रममा विभिन्न १२ वटा स्टल समेत राखिने छ । श्रीलंकाबाट समेत लायन्सहरुको सहभागीता हुने भएकोले नेपाली ढाका कपडाको स्टलसहित नेपाली संस्कृति झल्निे विभिन्न मठ–मन्दिरहरुको समेत प्रर्दशन गरिनेछ । नेपाली मौलिक नाच, नेवारी कला संस्कृतिसहितको नाच लगायत नेपाली मौलीक परम्परा, पहिचान झल्किने गरी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेका एरिया ४ चिफ माधव खनालले जानकारी दिए ।
३२५ पी अन्र्तगत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, काठमाण्डौंसहितका १ सय ८४ वटा क्लबमा ४ हजार ६ सय ७ जना सदस्य रहेका डिष्ट्रिकबाट कार्यक्रममा १ हजार २ सय जना लायन्सहरु थप १ सय जना अन्य गरी करिब १३ सय भन्दा बढीको सहभागीता हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij