सोमवार, जेठ १५ गते २०८०

लुम्बिनीका युवा नेता अर्जुन कुर्मी कांग्रेसमा प्रवेश

लुम्बिनीका युवा नेता अर्जुन कुर्मी कांग्रेसमा प्रवेश

images
images

खबर पात्रो

१८, श्रावण २०७९
  • 2.8K
    SHARES
  • लुम्बिनीका युवा नेता अर्जुन कुर्मी कांग्रेसमा प्रवेश

    भैरहवा, १८ साउन । युवा नेता अर्जुन कुर्मी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लुम्बिनी निवासी कुर्मी बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिका नगर समितिले लु.स.न.पा.–१ स्थित खुनगाईमा आयोजना गरेको कार्यकर्ता भेटभाट तथा पार्टी प्रवेश कार्यक्रममा कुर्मीलाई पार्टीका नेता तथा प्रतिनिधिसभा संसद्को सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले पार्टीमा स्वागत गरेका हुन् ।

    कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खान, पूर्वमन्त्री ज्योतेन्द्र मोहन चौधरी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान लगायत नेताले बोलेका थिए । कांग्रेस लुसनपा नगर समितिका सभापति सैयद खानको अध्यक्षता तथा अशोक गोश्वामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images

    आफूसहित १५० जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेता कुर्मीले बताए । गत फागुनमा उनले नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । उनले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएका थिए ।

     

    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - १५:५२:२५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend