२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

संविधानविपरीत गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

मंगलवार , श्रावण १७, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १७ साउन । एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् । 

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेकोभन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास भएको बताएका हुन् । 

    संविधानको धारा २६९ अनुसार समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुन निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै रावलले तर, यस व्यवस्थाविपरीत गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको बताए ।

    यसको उदाहरणका रुपमा उनले दलहरु बीचको चुनावी तालमेललाई प्रस्तुत गरे । न्युज कारखाना