२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

मंगलवार , श्रावण १७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १७ साउन ।

    गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।  

    म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् । 

    केही दिनयता भइरहेको वर्षासँगै आएको बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा क्षति गरिरहेका बेला गृहमन्त्री खाणले क्षतिको जानकारी दिई पीडितको राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् । न्युज कारखाना