सोमवार , श्रावण १६, २०७९
भैरहवा, १६ साउन ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले वृक्षारोपण गरेको छ । क्लबले सिद्धार्थनगर नगरपालिका–७ स्थित नयाँसडक (भाटभेटनी सुपरमार्केट) अगाडि वृक्षारोपण गरेको वर्ष २०२२/२३ की अध्यक्ष निर्मला श्रेष्ठले बताइन् । कार्यक्रममा विभिन्न प्रजातिका १३ वटा विरुवा रोपिएको कार्यक्रम संयोजक सरस्वती केसीले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले रुख–विरुवाले वातावरण संरक्षण गर्न सहयोग पुग्ने भएकाले वृक्षारोपण आवश्यक भएको बताए ।
लायन्स सिद्धार्थनगर टुलिपकी सचिव पवित्रा पछाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक एडभाइजर रुपमा हिराचन, जोन चेयरपर्सन रितु वि.क., अनिता थापा लगायतको आतिथ्यता रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij