२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्‍यो : शंकर पोखरेल

सोमवार , श्रावण १६, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १६ साउन । 

    एमाले महासचिव शंकर पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् । 

    एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।  

    नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ । 

    अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए । 

    मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिए ।
    न्युज कारखाना