२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

वासिङ मेसिनमा मृत फेला परे बालक

सोमवार , श्रावण १६, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • न्युयोर्क, १६ साउन।संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन्।

    बहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेलापरेका हुन् । फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान साढे बजर हराएका थिए ।उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दा सम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।

    प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन् ।ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक फेला परेको थिए । अधिकारीहरूले बालकको मृत्युको कारण पत्ता लगाएका छैनन् । घटनाबारे प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ ।एजेन्सी