२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोट्रयाक्ट सेन्ट्रल लुम्बिनीको अध्यक्षमा प्रदीप सापकोटा

सोमवार , श्रावण १६, २०७९

भैरहवा, १६ साउन ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको छैठौं पदस्थापन समारोह भैरहवामा सम्पन्न भएको थियो । कार्यक्रममा वर्ष २०२२÷२३ का अध्यक्ष प्रदीप सापकोटासहित कार्यसमितिले पदस्थापन गरेका छन् । वर्ष २०२२/२३ को सचिवमा मीना पराजुली र कोषाध्यक्षमा सुदीप सापकोटा रहेका छन् ।

Rotaract (2).jpg
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सामाजिक संघ–संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताए । त्यस्तै रोटरी डिष्ट्रिक ट्रेनिङ कमिटी चेयर (रिजन ५) का कृष्ण प्रसाद पाण्डे, रोट्रयाक्ट ३२९२ नेपाल–भुटान अस्टिेन्ट डिष्ट्रिक टे«जरर कृष्ण भुसाल, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२२/२३ का अध्यक्ष शिव गौडेल, क्लबका संस्थापक अध्यक्ष विमल सेञ्चुरी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष दिनेश पौडेल, पूर्वअध्यक्ष बाबुराम खनाल, उपेन्द्र यादव लगायतले बोलेका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ की अध्यक्ष विनिता पोखरेलले आफ्नो कार्यकालमा ४३ वटा कार्यक्रम गर्न सफल भएको बताइन् । उनले आफ्नो कार्यकालमा रोट्रयाक्ट डिष्ट्रिकबाट ४ वटा अवार्ड तथा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ जोन १८ वर्ष २०२१/२२ को जेडआरआरबाट ‘बेस्ट लेडी प्रेसिडेन्ट’ को रुपमा समेत सम्मानित भएको जानकारी दिइन् ।

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२२/२३ का अध्यक्ष प्रदीप सापकोटाले ‘सर्भिस थु्र पोजेटिभ थट’ विषयवस्तु अन्तर्गत काम गर्ने बताए । उनले व्यक्तित्व विकासमा रही काम अगाडि बढाउने बताए । 

कार्यक्रममा क्लबको डाइरेक्टरी बिमोचन गरिएको वर्ष २०२१/२२ की कोषाध्यक्ष मेनुका घिमिरेले बताइन् । क्लबमा हाल ४० जना सदस्य रहेको क्लबकी वर्ष २०२१/२२ की सचिव रिया पहारीले बताइन् ।