२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा नरेश के.सी.

शनिवार , मंसिर १३, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, १३ मंसिर ।
    लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले नरेश के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

    क्लबको उपाध्यक्षमा सम्झना शर्मा, महासचिवमा कमल रायमाझी, सचिवमा शंकर प्रसाद पाण्डे र कोषाध्यक्षमा प्रकाश न्यौपाने निर्वाचित भएका छन् ।

    त्यस्तै क्लबको कार्यसमिति सदस्यहरुमा शम्भु पन्त, रबिन्द्र प्रताप गुप्ता, पुनहरि बेल्बासे, विवेक विश्वकर्मा, विष्णु भट्टराई र शशि पन्थी निर्वाचित भएको निर्वाचन समिति संयोजक कुलमणि ज्ञवालीले बताए ।  त्यस्तै लेखा समिति संयोजकमा राधेश्याम विश्वकर्मा, सदस्यमा शिव कुमार चौधरी (सचिन), अनुशासन समिति संयोजकमा विन्दु कुमार चौहान, सदस्यमा विरेन्द्र कुमार मिश्रा र पशुपति यादव निर्वाचित भएको ज्ञवालीले जानकारी दिए । क्लबको तालिम समिति संयोजकमा दिपेन्द्र बडुवाल र सदस्यमा उषा सिंह निर्वाचित भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष के.सी.ले आफ्नो कार्यकालमा विशेष गरी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रमलाई बढी जोड दिने बताए । उनले क्लबको कार्यालयलाई छिट्टै नै नयाँ भवनबाट सञ्चालन गरिने बताए ।

    क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय सदस्य नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता, सल्लाहकार एवं साधारणसभा कार्यक्रम संयोजक कमल रायमाझीको स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।