२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रोटरी बैठकमा चार्टड नाइटबारे छलफल

शनिवार , मंसिर १३, २०७७

बुटवल, १३ मंसिर ।
रोटरी क्लब अफ बुटवलको १३४० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बिजनेश एजेण्डामा छलफल भएको बैठकमा डिसेम्बर १ मा आयोजना हुन लागेको चार्टड नाइट कार्यक्रमको तयारीबारे छलफल भएको छ । 

चार्टड नाइट कार्यक्रमको तयारीबारे जानकारी गराउँदै क्लबका अध्यक्ष सुनिल श्रेष्ठले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलको प्रमुख आतिथ्यमा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा कार्यक्रम आयोजना गरिने र त्यसअघि क्लबले अगाडि बढाएका प्रोजेक्टहरुको अवलोकन गराउने कार्यक्रम तय गरिएको बताए । उनले ब्लड कलेक्सन मोवाइल भ्यान, अक्सिजन प्लान्ट र इ–लर्निङ साइन्स एण्ड थिएटरको लागि डिष्ट्रिकबाट सहयोगको आश्वासन पाएको र क्यान्सर स्क्रिनिङ सेन्टरका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग सहयोगको आग्रह गरिएको बताए । बैठकमा उनले डिजि नोमिनीका बारेमा पनि जानकारी गराएका थिए ।

बैठकमा एजि हरि प्रसाद पौडेल, क्लबका पूर्व अध्यक्ष पुरन श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट डा. तारा प्रसाद उपाध्याय, मणिरत्न पाण्डे लगायतले विभिन्न सुझावहरु राखेका थिए । 

क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सचिव रोम शर्माले अघिल्लो बैठकका निर्णयबारे जानकारी गराएका थिए भने रामचन्द्र पन्थी, नानीमैया सुनारी, सावि विक लगायतले पनि बोलेका थिए ।