images
images

सोमवार, जेठ ७ गते २०८१

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभद्वारा डस्टबीन हस्तान्तरण

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभद्वारा डस्टबीन हस्तान्तरण

images
images
images
आइतवार, श्रावण १५ २०७९
आइतवार, श्रावण १५ २०७९
  • लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभद्वारा डस्टबीन हस्तान्तरण

    भैरहवा, १५ साउन ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले सिद्धार्थनगर नगरपालिकालाई १० थान डष्टबीन हस्तान्तरण गरेको छ । क्लबको वार्षिक कार्यक्रमअन्तर्गत नगरपालिकालाई शनिबार १० थान डष्टबीन हस्तान्तरण गरिएको कार्यक्रम संयोजक अरुण बस्यालले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले वातावरणको क्षेत्रमा घरबाटै काम सुरु गर्नुपर्ने बताउँदै प्रोग्रेसिभले गरेको कार्यक्रम सराहनीय रहेको बताए । उनले भने, ‘वातावरणका क्षेत्रमा हामी प्रतिबद्ध हुनुपर्छ । हेर्दा हामीले सामान्य जस्तो देखिने कुराले पनि वातावरणमा धेरै असर पर्छ ।’

    सो अवसरमा बोल्दै लायन्स डिष्ट्रिक ३२५ (पी) का विशिष्ठ सल्लाहकार प्रेम कुमार सेन्चुरीले नगर फोहोर भए आन्तरिक तथा बाह्य पर्यटक आउदाँ नगरको सुन्दरता माथि प्रश्न उठ्ने भएकाले भैरहवा क्षेत्रमा रहेका सबै लायन्सहरु मिलेर नगर सरसफाई अभियानको सुरुवात गर्नुपर्ने बताए ।

    एरिया चिफ संगम न्यौपाने क्लबले जुलाईमा वातावरणका क्षेत्रमा फरकफरक कार्यक्रम अन्तरगत प्रोग्रसिभले फोहर व्यवस्थापनका लागी डस्टबीन वितरण कार्यक्रम गरेकोमा धन्यवाद दिए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङले लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले हस्तान्तरण गरेको डस्टबीन ग्रहण गर्दै क्लबसँग समन्वय गरेर सरसफाईको क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    डस्टबीन हस्तान्तरण गर्दै क्लबका वर्ष २०२२/२३ का अध्यक्ष सुनिल सेन्चुरीले नगरको विभिन्न स्थानहरुमा राख्नका लागि १० थान डसविन नगरपालिकालाई हस्तान्तरण गरेको बताए । क्लबले डस्टबीन हस्तान्तरण गरेर मात्र नभई यसलाई संरक्षण समेत गर्ने उनले बताए ।

    कार्यक्रममा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझी लगायतले बोल्दै नगरको फोहरमैला व्यववस्थापन र सरसफाईका क्षेत्रमा क्लबले राम्रो काम गरेको बताए । संजोगराज तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एरिया सेक्रेटरी दीपक कौशल, एरिया टे«जरर विनय कसौधन, रिजन चेयरपर्सन रचना क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij