२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

अन्तर्राष्ट्रिय मानवबेचविखनविरुद्धको दिवस भैरहवामा मनाइयो 

आइतवार , श्रावण १५, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १५ साउन
    ‘प्रविधिको प्रयोग र दुरुपयोग’ भन्ने नारासहित यस वर्षको अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस शनिबार मनाइएको छ । माइती नेपाल भैरहवाले यो दिवस छलफल र अन्तरक्रिया गरेर मनाएको छ । भैरहवामा यातायात व्यवसायीहरुसँग कसरी बेचविखन रोक्न सकिन्छ भन्ने विषयमा छलफल र अन्तरक्रिया गरिएको हो । 

    मानव बेचविखनकोविरुद्धमा यातायात व्यवसायीको पनि विशेष भूमिका हुने सहभागी वक्ताहरुको भनाइ थियो । सामाजिक संजाल फेसबुक लगायतका प्रविधिको प्रयोग र यसको दुरुपयोगले पनि बेचबिखनमा सजिलो बनाएको छलफलमा चर्चा भएको थियो । 

    कार्यक्रममा चालक तथा सहचालकहरु सुरज खत्री, सोमनाथ पौडेल, रुकुम यादव, खड्ग बहादुर गुरुङ लगायतले बोलेका थिए । सो अवसरमा अशिक्षा, बेरोजगारी, गरीबी, जनचेतनाको कमी, घरेलु हिंसा, खुला सीमा लगायतका कारणले मानव बेचविखनका घटना हुने गरेको बताइएको थियो । कार्यक्रममा माइती नेपाल भैरहवा प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् ।