images
images

सोमवार, जेठ ७ गते २०८१

रविकान्त उपाध्यायको नेतृत्वमा लायन्स भैरहवा लिगेसी स्थापना

रविकान्त उपाध्यायको नेतृत्वमा लायन्स भैरहवा लिगेसी स्थापना

images
images
images
शनिवार, श्रावण १४ २०७९
शनिवार, श्रावण १४ २०७९
  • रविकान्त उपाध्यायको नेतृत्वमा लायन्स भैरहवा लिगेसी स्थापना

    भैरहवा, १४ साउन ।
    भैरहवा क्षेत्रमा नयाँ लायन्स क्लबको स्थापना भएको छ । लायन्स क्लब अफ भैरहवा युथको स्पोन्सरमा लायन्स क्लब अफ भैरहवा लिगेसी स्थापना भएको हो । रविकान्त उपाध्याय संस्थापक अध्यक्ष रहेको क्लबको ब्यानर शनिबार भैरहवामा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । क्लबको संस्थापक प्रथम उपाध्यक्षमा राजन शुक्ला, द्वितीय उपाध्यक्षमा विनित उपाध्याय, तृतीय उपाध्यक्षमा संजीव कुर्मी, सचिवमा नारायण प्रसाद कोइराला, कोषाध्यक्षमा गणेश न्यौपाने, सह–सचिवमा गोविन्द उपाध्याय र सह–कोषाध्यक्षमा विनिता राना रहेका छन् ।

    images
    images
    images

    त्यस्तै क्लब मेम्बरसिप चेयरपर्सनमा आकाश चौधरी, एलसीआई कोर्डिनेटरमा कन्हैया प्रसाद कलवार, सर्भिस चेयरपर्सनमा अवनिश त्रिपाठी, मार्केटिङ कम्युनिकेशनमा हृदयराम गुप्ता, टेमरमा श्याम यादव, टेल ट्वीष्टरमा प्रभा आचार्य र जनसम्पर्क अधिकारी (पीआरओ)मा रबिन्द्र प्रताप गुप्ता रहेका छन् ।

    त्यसै गरी निर्देशकमा सन्दिप अग्रहरी, शैलेश उपाध्याय, राजेश चौधरी, सदस्यमा अस्मित पोदार, समर पाण्डे, विन्ध्याचल पाल, राजु गुप्ता, अख्तर हुसेन मुसलमान, आशुतोष शुक्ला, निलम थापा, संजय कान्दु, विशाल शाह, अजय पाण्डे, बलराम खरेल, रामसहायक वि.क., मनिष खनाल, रमेश तिमिल्सिना, संजय गुप्ता, वाई.पी. आचार्य र अजय दुवे रहेका छन् । 

    क्लबको अनरी एडभाइजरमा उमाशंकर पाठक, पंकज गुप्ता र श्रवण पाण्डे, गाइडलाइनमा विनोद खरेल, धिरज मल्लिक, एक्सटेन्सन चेयरपर्सनमा सन्तोष शुक्ला र अरुण कुमार मिश्रा रहेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक डिष्ट्रिक गनर्भर नवराज न्यौपानेले सानो सानो कुराले मान्छेको मन छुने बताए । उनले क्लबलाई छुट्टै पहिचान दिने उद्देश्यले लायन्स क्लब अफ भैरहवा लिगेसी स्थापना हुने महत्वपूर्ण कुरा भएको बताए । उनले भने,‘भित्री मनदेखि नै लायन्सबारे बुझे सेवाका हात अझ अघि बढ्छ । ’
    डिष्ट्रिक ट्रेजरर विनोद खरेलले लायन्स क्लब अफ भैरहवा लिगेसीको टीम अत्यन्त उर्जाशिल र मिहिनेती रहेको बताए । उनले क्लबलाई आफ्नो साथ र सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

    डिष्ट्रिक को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठले लायन्सले नयाँ नयाँ काम गरेको बताए । उनले गरीबी न्यूनीकरण गर्न लायन्स अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

    एरिया चिफ संगम न्यौपानेले क्लबलाई कसरी बलियो बनाउने भन्नेतर्फ लाग्न आग्रह गरे । एरिया को–चिफ धिरज मल्लिकले लायन्सको माध्यमबाट सेवाको भावनाले अगाडि बढ्न मद्दत मिल्ने बताए । 

    लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष रविकान्त उपाध्यायले यो क्लब कुनै संस्थासँग प्रतिष्पर्धा गर्न स्थापना नभएको स्पष्ट पारे । उनले लायन्स भैरहवा लिगेसीलाई सशक्त क्लबको रुपमा अगाडि बढाउने बताए ।

    295829396_381684237429351_6942329439428744578_n.jpg

    लायन्स क्लब अफ भैरहवा युथ वर्ष २०२१/२२ का अध्यक्ष सन्तोष शुक्लाले लायन्स भैरहवा युथको स्पोन्सरमा नयाँ क्लब स्थापना भएकोमा खुसी व्यक्त गरे । उनले क्लबलाई आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लायन्स भैरहवा युथ वर्ष २०२१/२२ सचिव क्षितिज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij