२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

डिष्ट्रिक्ट इन्ट्रयाक्ट रिप्रेजेनटेटिभमा पोखराका विपिन सुवेदी

शनिवार , श्रावण १४, २०७९


भैरहवा, १४ साउन ।
इन्ट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ ले आफ्नो ११ औं पदस्थापन समारोह गत आइतबार सम्पन्न गरेको छ । रोटरी वर्ष २०१०–२०१३ मा डा. निकेश कौशलले ग्रहण गरेको पदभारको जिम्मा वर्ष २०२२–२०२३ मा इन्ट्रयाक्टर विपिन सुवेदीले लिदै उनी नेपालका ११ औं डी.आई.आर. बनेका छन् ।

पोखराको इन्ट्रयाक्ट क्लब अफ बालोदयको सदस्य हुँद इन्ट्रयाक्टको इन्टर्याक्ट यात्रा सुरु गरेका विपिनले देशभरीकै १४० बढी क्लब र ३ हजार ४ सय बढी इन्ट्रयाक्टकरहरुको नेतृत्वको सपथ लिदै आफ्नो कार्यकालमा इन्ट्रयाक्टलाई अझ गतिशिल बनाउने बताएका छन् । उनले आफू भन्दा अगाडीका डी.आई.आर हरुले इन्ट्रयाक्टलाई धेरै उचाईमा पुर्याइसकेको र आफूले पनि सो मर्यादा कायम राख्ने जनाएका छन् ।

296005995_506534797901003_7936976272969922623_n (1).jpg

डिष्ट्रिक्ट गभर्नर जितेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यता, डी.आई.सी.सी अर्जुन श्रेष्ठको विशिष्ट आतिथ्यता, डिष्ट्रिक्ट गभर्नर इलेक्ट राजेन्द्र प्रसाद ध्वजु, डिष्ट्रिक्ट गभर्नर नोमिनी राजेन्द्रमान शेरचन र डिष्ट्रिक्ट सेक्रेटरी अमित गिरीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा डी.आई.आर विपिनले प्रमुख अतिथिबाट सपथग्रहण गरेका थिए ।