images

शुक्रवार, चैत्र १६ गते २०८०

गाईखुरे झरनामा पर्यटकको आकर्षण बढ्यो

गाईखुरे झरनामा पर्यटकको आकर्षण बढ्यो

images
images
images
शनिवार, श्रावण १४ २०७९
शनिवार, श्रावण १४ २०७९
  • गाईखुरे झरनामा पर्यटकको आकर्षण बढ्यो

    लमजुङ, १४ साउन । 

    images
    images
    images

    चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे-बेसीसहर सडकखण्डको छेउमै पर्ने बेसीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । 

    पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ गाईखुरे झरना । कोही पौडी खेल्न, कोही नुहाउन त कोही क्यानोनिङको मज्जा लिन धाइरहेका छन् । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुसी भएको बेसीसहरकी कल्पना श्रेष्ठ बताउँछिन् । 

    बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ । बर्खाको समयमा मात्र ठूलो झरना हुने गाईखुरे झरनामा यूवायुवतीहरूको लर्को लाग्न थालेको छ । हेर्दै सिरिंग हुने झरना । कलकल बगेको पानीले झरनालाई सुन्दरता थपेको छ ।  
    त्यही सुन्दरता र प्राकृतिक मनोरमलाई चुम्न युवाहरुको लर्को लाग्न थालेको छ ।

    वर्षातको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । झरनामा पानीको मात्रा बढेसँगै त्यहाँ रमाउनेहरूको भिड पनि बढ्न थालेको हो । विशेष गरी बिदाको दिन झरनामा हेर्न, भिज्न जानेहरुको निकै भिड लाग्ने गरेको छ । हप्ताभरि काममा ब्यस्त हुनेहरू बिदाको दिन झरनामा पुगेर थकाई मेटाउने गर्न थालेका छन् । 

    कतिपय त दिनभरिको थकाई मेटाउन साँझपख झरना पुग्ने गर्दछन् । सडक छेउमै भएकोले झरनाको आकर्षणले कतिपयले सवारी रोकेर नै अवलोकन गर्ने गरेका छन् । काठमाडाैंबाट केही दिनका लागि लमजुङ घुम्न आएकी विष्णु केसी छोटो समयमा लमजुङका पर्यटकीय गन्तब्य पुग्न नसके पनि झरनामा पुगेर आनन्द लिएको बताउँछिन् । झरनामा सदरमुकाम बेसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायतका ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरू आउने गर्दछन् । 

    डुम्रे-बेसीसहर सडकमार्गको छेउमै पर्छ गाईखुरे झरना । मध्यमर्स्याङ्दीको बाँधस्थल आडैमा छ । मनोरम र शान्त वातावरण छ । जिल्लामा पर्यटनको क्षेत्रमा सरकारी तथा गैरसकारी संस्थाको लगानी बढ्दै गए पनि गाईखुरे झरनाको ब्यवस्थापनमा कसैले चासो नदिएको स्थानीयबासीको गुनासो छ । 

    थोरै मात्र लगानी गर्न सकिए पनि त्यस क्षेत्र पर्यटकको राम्रो गन्तब्य बन्न सक्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल थापा बताउँछन् । निश्चित मापदण्ड बनाएर शुल्क लिनेगरी झरनाको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिनसके करोडौँ आम्दानी गर्न सकिने उनकाे भनाइ छ । गाईखुरे झरनालाई पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गरीने बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल बताउँछन् । न्युज कारखाना
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij