
शनिवार , मंसिर १३, २०७७
बुटवल, १३ मंसिर ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमित बिरामीको निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
कोरोना भाइरसबाट संक्रमित बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का ४२ वर्षीय पुरुष तथा कपिलवस्तु २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको शुक्रबारराती निधन भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । बुटवलका संक्रमित पुरुष गत मंसिर ५ गतेबाट उक्त अस्पतालमा भर्ना भएको र कपिलवस्तुका संक्रमित ९ गतेबाट भर्ना भइ उपचाररत रहेको डा. थापाले जानकारी गराए ।
डा. थापाका अनुसार कपिलवस्तुका संक्रमितको शुक्रबारराती १०ः२० बजे र बुटवलका पुरुषको गएराती ११ः२५ बजे मृत्यु भएको हो । मृतक दुवै जना पहिलेदेखि नै मृगौलाको बिरामी रहि डाईलासिस् गराइरहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij