२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

शुक्रवार , श्रावण १३, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १३ साउन । भारतका लागि नेपाली राजदूत डा.शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । 

    भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । 

    ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । न्युज कारखाना