२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण 

शुक्रवार , श्रावण १३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १३ साउन । यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।

    पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । 

    उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो । 

    पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो । उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो । न्युज कारखाना