२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

सैनामैना कोरा २०२२ सम्पन्न

बिहिवार , श्रावण १२, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, १२ साउन । 
    ‘सैनामैना कोरा २०२२, राइड फर अ कजझ’ बुधबार सम्पन्न भएको छ । स्वस्थ्य पर्यटन प्रवद्र्घनका लागि साईकल भन्ने नारासहित धार्मिक स्थलहरुको पहिचान र प्रचारप्रसारका साथै साईकिलेहरुबीच एकता र सामाजिक भावना विकास गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताए ।

    सैनामैनाका पवित्र धार्मिक स्थल, रिगरोड, रानीकुवा, पर्रोहा बोलबम धाम, क्रिकेट रंगशाला, सिमसार क्षेत्र, मलमला, भैरव मन्दिर, लामिरह हुँदै बाबरी पार्टी पेलेसमा पुगेर समापन भएको थियो । जुन ५४ किलोमिटर भन्दा बढी दुरी पार गरिएको उनले बताए । प्रायोजक सैनामैना नगरपालिका रहेको छ भने नगरपालिकाभित्र रहेका अन्य सामाजिक संघ–संस्थाहरुको सहयोग रहेको उनले बताए । यो वर्षको कोरा साईक्लिङसंगै स्वर्गीय यमलाल रसाइलीको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने उद्देश्यका साथ देशभर कार्यक्रम गरिएको उनले बताए ।

    सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले समापन कार्यक्रममा बोल्दै साईक्लिङलाई पर्यटनसँग जोडेर अघि बढनुपर्ने बताए । स्थानीय सरकार साईकलमैत्री पूर्वाधार निर्माणमा आवश्यक पहल गर्ने प्रतिवद्घता गर्दै उनले नगरको धार्मिक, पर्यटन क्षेत्रको प्रचारका रुपमा कोरा सम्पन्न भएको बताए । 

    कार्यक्रममा बाँके साईक्लिङ संघका अध्यक्षका गगन थापाले स्वर्गीय रसाईलीको परिवारलाई सहयोग स्वरुप नेपालगंजबाट सुरुवात गरेर देशभरबाट सहयोग अभियान चलेको बताए । कम्तीमा ६ लाख रुपैयाँ बराबरको जीविकोर्जन गर्न पुग्ने गरी रकम हस्तान्तरण गर्ने योजना रहेको उनले बताए । 

    कार्यक्रममा विश्व साईकलयात्री पुस्कर शाहले आफू दोलखाबाट साईकल चलाउन सैनामैना आएको भन्दै साईकलको आत्मियताका कारण आफू जोडिएको बताए । दैनिक जीवनमा साईकलको बढी भन्दा बढी प्रयोग गर्न सके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए । 

    साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य सारु मगरले साईकल पूर्वाधार विकासमा सबै साईकिलेहरु एकजुट हुनुपर्ने बताए । यो वर्ष कोरामा रुपन्देहीसहित नवलपरासी, कपिलबस्तु जिल्ला साईक्लिङ संघ, बाँकेसहित एक सय ५० बढी ६ वर्षदेखि ८४ वर्षसम्मका साईकिलेहरु सहभागी भएको कार्यक्रम संयोजक गोबिन्द ज्ञवालीले बताए । मुर्गियास्थित लुम्बिनी गेटबाट समुद्घाटन गरिने उनले बताए । कार्यक्रममा स्थानीय नेवार, मगर, थारु लगायत साँस्कृतिक नाचहरु देखाइएको थियो ।